चुनावबारे विश्लेषक सी के लालको सुझाव

जेष्ठ १९ गते, शुक्रबार साँझ माइतीघर मण्डला काठमाडौंमा तराई मधेश राष्ट्रिय परिषद्ले आयोजना गरेको प्रदर्शनमा विभिन्न वक्ताहरुले आफ्ना विचार राखेका थिए । जसमा विश्लेषक लालले दिएका सुझाव यस्तो थियो ।

१) अहिलेको मुख्य माग संविधान संशोधन हो । स्थानीय निर्वाचन होइन । अहिलेको संविधानले सहिदहरुको सपनालाई समेटेको छैन । कसैको भावनालाई स्वीकार गरेको छैन । नेपाल राज्यलाई एकीकृत राख्नु छ भने अहिले संविधान संशोधन हुन आवश्यक छ ।

२) केही व्यक्तिहरु जनभावनाको विपरीत निर्वाचनमा गएका छन् । हामी उनीहरुलाई पनि बेइजत नगरौं । उनीहरु हाम्रो नभएपनि के भयो त हामी त उनीहरु कै हौं । उनीहरुलाई गाली दिनुको अर्थ उनीहरुको आह्वानमा जो व्यक्तिहरु सडकमा उत्रेका थिए उनीहरुको भावनामाथि चोट पुर्याउनु हो । हामी उनीहरुको राजनीतिक आलोचना गरेपनि व्यक्तिगत आलोचना नगरौं जसले हामी बिच फुट बढोस् ।

३) अहिले मधेशीहरुलाई धैर्यको आवश्यकता छ । न्याय र समानताको जुन लडाई हुन्छ त्यो चुनावको जस्तो हुँदैन । यो लडाइ एक दिन मै पुरा हुँदैन । कुनै बेला एक्लै भएपनि लड्नु आवश्यक छ । अहिले मधेशीले बिज जोगाउनु आवश्यक छ ।
४) सैयम अपनाउन आवश्यक छ । जव सत्यको लडाइ हुन्छ त्यती बेला धैर्यको आवश्यकता हुन्छ । अहिले मधेश सत्यको लडाइमा छ ।

५) मधेशीले निर्वाचनलाई बहिस्कार गर्छौ भन्नु नकारात्मक सन्देश दिन्छ । त्यसैले यसलाई संकल्प सभाको रुपमा अगाडि बढाउनु पर्छ । संकल्प सभामा सबैले संकल्प लिनु पर्छ कि जबसम्म मधेशीले अधिकार पाउने छैन तबसम्म हामी संघर्षमा रहने छौं । अहिलको निर्वाचनलाई मान्यता नै नदिउँ र संघर्षलाई निरन्तर राखौं ।

Saroj Ray

Saroj Ray is a social activist and a coordinator at Pahal Nepal. Connect with him on Twitter: @sarojray99 and facebook: https://www.facebook.com/yuvakranti