दिल्लीमा नेपाली राजदुतावासले मधेशी विद्यार्थीहरुसंग भेदभाव गरेको आरोप

– राजेश सिंघ

नयाँ दिल्ली, ८ फागुन। प्रजातन्त्र दिवसको अवसर पारेर प्रधानमन्त्री केपी शर्मा ओलिको सम्मानमा शुक्रवार साँझ राजदुतावासले रात्री भोजको आयोजना गरेको थियो। रात्री भोजमा दिल्लीमा रहेका विभिन्न पेशामा संलग्न आप्रवाशी नेपाली तथा दिल्ली स्थित विभिन्न विश्वविद्यालयमा अध्य्यनरत पहाडी समुदायका विद्यार्थीहरुलाई मात्र बोलाईएको थियो। भोजमा उपस्थित एक विद्यार्थीको अनुसार लगभग ३०० जनाको उपस्थिती रहेको थियो। त्यति ठुलो संख्यामा निम्तो बाडने राजदुतावासले एउटा पनि मधेशी विद्यार्थीहरुलाई निम्तो नदिएर मधेशीहरुसंग विभेद गरेको देखियो।

यसरी राजदुतावासले विभेद गरेको थाहा पाएपछि मधेशी विद्यार्थीहरुले राजदुतावासमा विरोध गर्न जादा दुतावासले पुलिष बोलाई समात्न लगाएको एक विद्यार्थीले बताए। दिल्ली विश्वविद्यालयमा अध्य्यनरत एक मधेशी मुलको प्रदर्शनकारी विद्यार्थीले भने, “नेपाल सरकारले देशमा त भेदभाव गरे गरे विदेशमा पनि राजदुतावासले मधेशीसंग भेदभाव गर्ने छोडेन्। यो सरासर मधेशी विद्यार्थी माथिको अन्याय हो।” अर्को विद्यार्थीले डोर बहादुर विष्टले आफ्ना किताब- फटालिजम र डेभल्पमेन्ट- मा उल्लेख गरेका “आफ्नो मान्छे” को चरित्र अझै नेपाली शासकहरुमा कायमै रहेकोमा दुख व्यक्त गर्दै उनले आश्चर्य व्यक्त गरे, “देशमा राणशाही र तानाशाही हराई सके तर नव-शासक र कर्मचारीहरु अझै नोकरशाहीनै चाहेको देखियो।”

त्यस्तै गरी जवाहरलाल नेहरु विश्वविद्यालयस्थित (जेएनयु) तराई-मधेश अध्य्यन समुहका सदस्य सोहन साहले मधेशी विद्यार्थीहरुलाई दिल्ली पुलिसले नियन्त्रणमा लिएकोमा राजदुतावासबाट कुनैपनि पहल नभएकोमा रोस प्रकट गर्दै भने, “विदेशमा पनि मधेशीहरुलाई पुलिषद्वारा समात्न लगाई नेपाली शासकहरुले सुरा-सुन्दरीमा रमाए, प्रजातन्त्रमा यो भन्दा ठुलो अन्याय के हुनसक्छ।”

प्रहरी नियन्त्रणमै रहेका जेएनयुका रिसर्चर विकास मिश्राले भने, “केही हप्ता पहिले जेएनयुमा आयोजित अन्तराष्ट्रिय फुड फेस्टिभलमा मधेशी, मुस्लिम तथा पहाडी समुदायको खानाहरुको प्रदर्शन एउटै स्टलबाट हामीले गरेर समावेशीको नमुना प्रस्तुत गरेका थियौं। त्यहाँ राजदुतावासका लगभग विभिनन तहका सम्पुर्ण कर्मचारी र उनका परिवारहरुले समावेशी खानाको स्वाद चाखेका थिए। मधेशको खाना अझ रुचाएर खाएका थिए तर केहि हप्ता बित्न नपाउदै राजदुवासले गरेको कार्यक्रममा छानी छानी मधेशीलाई छोडियो। यो भन्दा ठुलो भेदभावको नमुना के हुनसक्छ?”, भनि प्रश्न गरे।

यसरी जनताकै रगत पसिनाबाट जम्मा भएको करबाट तलब खाने, भोज भतेर गर्ने र जनतालाईनै भेदभावको नजरले हेर्ने कर्मचारी वर्गको चरित्रलाई कसरी हेर्ने भनि सोच्नुपर्ने बेला भएको छ।

Rajesh Singh

Rajesh Singh is a contributor to Madhesi Youth. He is also a research scholar at Jawaharlal Nehru University, New Delhi.