भोट कसलाई?

— लोकेश कर्ण

चुनाव आउँन अब दुई दिन मात्रै बाकी रहँदा पनि अधिकांस नगरवासी आझै पनि अलमलमा छन्; कसलाई आफ्नो आमुल्य मत दिने भनि निर्णय गर्न सकीरहेका छैनन् । जो जो कुनै पार्टीका  प्रत्यक्ष्य सम्पर्कमा छन्, तिनीहरुले आफ्नो मनोसाय बनाई सकेका छन् तर आम जनता आझै पनि टोल-टोलमा भै रहेको तात्तातो चुनावी लहरमै “यो पार्टी राम्रो छ र यो मान्छे राम्रो छ” कुरा गरीरहेका देखिन्छन् । यो लेख २ नं. प्रदेशको एक मात्र महानगरपालिका “बीरगंज”को चुनावी संग्रामको सेरोफेरोमा घुमेको छ ।

को हुन् त हाम्रो सहरको लागि एक असल मेयर? सबैले आ-आफ्नो मेनिफेस्टो र एजेन्डामा विकसित बीरगंजको सपना देखाएकै छन् तर अहिलेको मतदाताले के के कुरामा र कसरी ध्यान पुर्याओस भोट दिनु अघि? २० वर्ष पछि हुन लागेको यो स्थानीय चुनाव अहिलेको युवा पिढीका लागि यो पहिलो स्थानीय चुनाव हो र सबैले सोच-विचारका साथ आफ्नो मताधिकारको सहि प्रयोग गर्न चाहन्छन ।

अहिलेको मुख्य प्रश्न भनेको “को बन्न सक्छन राम्रो मेयर” भन्दा पनि “को बन्न सक्छन सर्वश्रेष्ठ मेयर” हो । भोट दिनु आघि हामीले बिर्सिनु हुँदैन हामीले खेपेका त्यो आठ महिने लामो नाकाबन्दी र तेस्मा शहिद भएका हाम्रा दाजुभाइहरुलाई, को थिए त्यो घटनाको जिम्मेवार र के चाहन्थे ति शहिदहरुले? पक्कै पनि ५० लाख पाउने लोभमा मरेका होइनन् उनि । तर कहाँ गयो त्यो वचन? आज २२ जिल्लाबाट ८ जिल्लामा मात्रै मधेस समेटिनुमा कसको हाथ छ? क्षेत्र नं. १ र २ का सांसदले ४ वर्ष हुन लाग्दा के के गरे आ-आफ्नो क्षेत्रको लागि? आर्थिक नगरी बीरगंज बोलि र गोलीले मात्र चल्दैन राज्यलाई देखाउने यो राम्रो मौका हो । नेपालको संबिधानल २०७२ को दफा २१६ (५) अनुसार  मेयर हुनको लागि भोट दिन सक्ने र २१ वर्ष पुगेका नेपाली नागरिक भए पुग्छ । तर आजको युवाले सम्झिनु पर्ने कुरो हो कि हामीले भोट दिन गई रहेका उम्मेदवारका गुण तेतिकैमा त सिमित छैनन्?

हालको आवस्था देखेर मलाई नेपाली कवि स्व. भूपी शेरचनको लेख, ‘घुम्ने मेच माथि आन्धो मान्छे’को दुई पङ्गती याद आउछ:

sycho“प्रतेक पहेलो धातुलाई सुनको गजुर भन्न मन लाग्छ,

प्रतेक रंगिन चरालाई बनको मजुर भन्न मन लाग्छ,

चाकरी गर्दा गर्दै यस्तो बानी परिसक्यो सक्यो कि अब

गधालाई देखे पनि हजुर हजुर भन्न मन लाग्छ ।”

 

हाल बीरगंजको मेयरका लागि दावेदारमा नेपाली कांग्रेसका अजय कुमार द्विवेदी, एमालेका बस्रुदीन अन्सारी, राजपाका राजेन्द्रमान सिंह, संधीय समाजवादी फोरमका विजय कुमार सरावगी, माओवादीका रहबर अन्सारी र जनअधिकार फोरम नेपालका बिमल श्रीवास्तव भिड्दै छन् । सबैले आ-आफुलाई समाजसेवी र विकासवादी सिद्धान्त भएका असल दावेदारको रुपमा चिनाएका छन् । तर चुनावमै जित्नका लागि समाजसेवी त बनेका होइनन्? पैसा खर्च गरेर जित्ने मनोसयमा त छैन? बिगतमा उनिहरुले के के गरे, तिनीहरुको सैक्षिक योग्यता को छ, के-के योजना ल्याउन खोजेका छन् तिनीहरुले? विकासको मुख्य आधार भनेको कार्यप्रति इमान्दारिता, दूरदृष्टि, सामर्थ्य र लगनशीलता हो । तर अहिलेको आवस्थामा उम्मेदवारको पैसा खर्च गर्ने क्षमता, ‘व्याक्तिगत लोबीङ्ग’ र कार्यकर्ता परिचालन यो चुनावमा भोटिङ्गको मुख्य आधार बन्न पुगेको छ । र तेस्ता उम्मेदवारले आफ्नो लगानी असुल्ने कार्य पहिला गर्नेछन् ।

के महानगर यस्तै हुन्छ? मुलुकै सर्वाधिक राजस्व दिने शहरको आर्थिक (र सामाजिक) अवस्था कति दिन सम्म यस्तै रहने छ यो पालिको चुनावले तय गर्छ । यो समय भनेको सबै उम्मेदवारहरुको सकारात्मक र नकारात्मक पक्षलाई विस्तृत रुममा अध्ययन गरि आफ्नो अमुल्य मत खसाल्ने  र हाम्रो शहर बीरगंजको प्रगतिमा साथ दिने हो ।

अत: हाम्रो एक गल्तिले हाम्रो नगरको विकासलाई ५ वर्ष सम्म ठप्प पर्न सक्छ । त्यसैले निक्कै सोच-विचार गरेर युवा र नयाँ सोच भएका उम्मेदवारलाई दिएर आफ्नो मतको सहि सदुपयोग गर्नुहोला । प्रजातन्त्रको उत्सव चुनावमा सहभागी भई आफ्नो मत को उचित प्रयोग गर्नुहोला र अधिवक्ता दिपेन्द्र जी ले मार्गदर्शन गरे जस्तो आफ्नो उम्मेदवारलाई यी १३ प्रश्न पनि गर्नुहोला ।