साथीहरुले ‘नेपाल सक्कियो’ भन्छन, म नेपालमा सुनौला सपना मात्र देख्छु

एक दशक पछिको नेपाल यात्राको क्रममा मैले छोडेको नेपालको तुलनामा धेरै ठुलो परिवर्तन देखिन – मुख्येत समाज र तेसको वरिपरी घुम्ने विकास र सुधारको कुराको जनमतको बारेमा | १० वर्ष पहिला पनि मैले चिनेको धेरै जना नेताहरु र  “फोहोरी राजनीति” लाइ नेपालको दुर्गतिको लागि जिम्मेबार मान्थे र त्यो मानसिकता मैले अझै कायमनै रहेको पाए | हामी नेपालीमा एउटा कमजोरी छ, नराम्रो कुरामा जोड दिने, र तेसको वरिपरीको सकारात्मक कुराहरु  नदेख्ने |

रोसन घिमिरे
रोसन घिमिरे

 

मैले चिनेको धेरैले नेपाल “सक्कियो” भनेर बिलौना गर्दा म नेपालको बारेमा सुनौला सपना देख्छु | विकास  देख्छु, सद्भाद देख्छु, मेरो पुस्ताले सुरु गरेको सानो तर गहकिलोहरु  पाइलाहरु  देख्छु| सबै नभए पनि थोरै मैले चिनेको साथीसंगीमा नेपालमा राम्रो परिवर्तन गरी छाड्ने प्रण देख्छु, सोच साथै मेहनत सबै देख्छु|

म जनकपुरमा हुर्कादा मैले धेरै ठुलो र भब्य बिहे ब्रतबन्दहरु देखे| बिहेको भोज भतेर अनि टोलनै झिलिमिली हुने गरी  बत्ति र पाल पंडलमा लाखौ रुपिया फालेको देखे| तेती खेर, मेरो किशोरमन सोच्ने  गर्थ्यो, के यी ठुलो खर्चलाइ किफायती बनाउन सकिन्न वा यो ठुलो खर्चको सानो अंश सामाजिक कार्यमा लगाउन चलन बनाउन मिल्दैन ?

देशलाइ छिट्टै, १-२ वर्ष मै, बिकसित राष्ट्र बनाउने सपना देखाउने योजना भन्दा, आफ्नै समाज र बस्ति बाट सानो तर दिर्घकालिन प्रगतिको काम कसरी सुरु गर्न सकिन्छ, साथै यो परिवर्तनको विचार हाम्रो देश अनुकुल छ कि छैन भनेर परीक्षण गर्न मन लाग्थ्यो, बहस गर्न मन लाग्थ्यो मलाई|

त्यो बेला उब्जेको यी प्रश्नहरुको बारेमा म अझै पनि सोची रहन्छु…

मौका मिल्दा विचार मिल्ने साथीहरुसंग यो कुरामा सृजनात्मक बहस नगरेको पनि होइन, तर यो प्रश्नको चित्त बुझ्दो जबाफ मैले पाएको छैन| मैले नपाएको जवाफको उत्तर तर्क र बहस भन्दा काम नै गरेर भने दिन भने थालेका छन्, मेरो दुइ मिल्ने साथी रबि र मियाले !

बिहेको  खर्चलाइ किफायती बनाउन साथै यो अवसरलाइ समाजको लागि राम्रो काम गर्ने  अवसरमा बदल्नको लागि, उनिहरु दुवैले आफ्नो बिहेमा आएको सबै उपहारको पैसा जनकपुरमा आयोजना हुने  डिजिटल सम्मेलनमा खर्चिने छन् | जनकपुर क्षेत्रमा नै सायद पहिलो पल्ट हुन थालेको यो सम्मेलनमा १२५ जना भन्दा बढी युवा सहभागी हुनेछन| नेपाल र नेपाल बाहिरका बक्ताहरुले विभिन्न डिजिटल प्रबिधि सम्बन्दि शीर्षकहरुमा कुरा राख्नेछन् | येसका साथै कन्फरेन्समा कोडिंग लगायत अन्य कम्प्युटर सम्बन्धित कोर्स सिक्नको लागि २५ जना महिलालाइ छात्रवृत्ति पनि प्रदान गरिनेछ|

ठुलो काम गर्न बाकी नै छ, तर साना सामाजिक प्रयासले सम्बृद नागरिक समाजको जग बलियो बनाउछ साथै धेरै युवालाइ आफ्नो ठाउँ, समाजको लागि केहि नया गर्न प्रेरणा दिन्छ र आउने दिनहरु प्रति आशाबादी बनाउछ |

अमेरिकाको राम्रो बिश्वबिद्यालयको डिग्रीपछि सजिलो “अमेरिकन सपना” र ” सुरक्षित” भविष्यको माया मारेर मेरो दुइ साथीहरु, मन्दिरा र रिचा, नेपालको बिकट गाउमा टिच फर नेपालको फेलोको रुपमा कार्यरत छन्|  अहिले फेलोको रुपमा रहेपनि भविष्यमा यिनीहरु भन्दा राम्ररी नेपालको सरकारी शिक्षाको स्थिति कुरा बुझ्ने अरु को होला | कुनै दिन मेरो साथीहरुको अनुभवले नेपाल को शिक्षा नीति परिवर्तन होला, उम्दा होला भनेर म किन आशा न लिउ ?

धुर्मुस सुन्तलीले भुकम्प पिडितको पुर्नर्बासको लागि जम्मा गर्न सकेको पैसा, महाबिर पुनको नेपाल आविस्कार केन्द्र प्रति मान्छेको उत्सुकता | बोजु  र बजै जस्तो पडकास्ट बाट सुरु भएको महिला अधिकार र समानताको चर्चा, मधेसी युथको वेबसाइटबाट सुरु  भएको मदेश सम्बन्दि सामाजिक सम्बाद, ग्लोबल शेपर्समा आबद साथीहरुको आर्थिक विकासको योजनाहरु, फोटो सर्कलले सुरुगरेको फोटोग्राफीक  सक्रियता – यी केहि नया साथै महत्वपूर्ण आर्थिक, सामाजिक, संस्कृतिक, राजनीतिक प्रयोगहरुले मलाई नेपाल प्रति एउटा उत्साह दिन्छ| मेरो वरिपरी भएको आश साना होलान| यी मध्ये केहि  ठुलो प्रोजेक्टमा परिवर्तन होलान, कोहि बन्द होलान भविस्यमा| मैले ठुलो उत्साहले यो लेखिरहदा म नेपालको अहिलेको यथार्थ, बिजुली पानीको अभाव , राजनीतिक आस्थिरता र विभेदको बारेमा अभिगत छु | तर तेस्को बाबजुद पनी म नेपाल प्रति आशाबादी छु| मेरो पुस्ता तयार हुदैछ, नया सामाजिक, आर्थिक, राजनीतिक रुपान्तरको लागि, जुन शान्तिपूर्ण हुनेछ, अग्रगामी हुनेछ, महत्वपूर्ण  हुनेछ| आउनुस हातेमालो गरौ| दिनको १ घण्टा नेपालको लागि दिउ | सानो प्रयोगलाइ प्रोत्साहित गरौ|


रोसन घिमिरे कोड फर नेपालसंग आबद्द हुनुहुन्छ| कोड फर नेपाल नेपालमा डिजिटल साक्षरता तथा खुला डाटाको प्रयोग बढाउनका लागि युनाइटेड स्टेट्स अफ अमेरिकामा दर्ता गरिएको गैर सरकारी संस्था हो| रोसनलाइ roshan@codefornepal.org मा इमेल गर्न सकिन्छ|

यो लेख सेतोपति बाट संभार गरीएको हो | कभर फोटो: अमित