गैरआवासीयनेपाली संघ (NRNA) लाई खुला पत्र

चन्द्र किशोर साह
चन्द्र किशोर साह

आदरणीय गैरआवासीय  नेपाली संघका मान्यवर ज्युहरु,

नमस्कार

आज म तपाईहरुलाई खुलापत्र लेख्न बाध्य भएको छु । Mail गरेर देशमा अहिलेको समस्या भनेको राजनीति समस्या हो,  भनेर अवगत गराए कै थिए तर कसैले नसुन्दा  अन्त्यमा कुनै उपाय नलागेकोले खुलापत्र मार्फत तपाईहरुलाई फेरी  अवगत र सचेत गराउन प्रयास गर्दैछु । आशा छ, यसलाई अन्यथा लिनु हुन्न होला ।

गैरआवासीय  नेपाली संघ समाजिक र सम्पूर्ण नेपालीका संस्था हो। यसको उदेस्य सम्पूर्ण नेपाली जनतामा एकता कायम गर्नु, देशलाई विकासको पथमा लग्नु , शान्त र समृद्धि बनाउने भूमिका खेल्नु र साथ् साथै कुटनितिक सम्बन्ध संसार भरिका देशहरुसंग न्यानो र सुमधुर बनाउन पहल गर्नु पर्ने हो ।पहिलासराहनीय महत्वपूर्णकामहरु गरेको पनि हो तर केहि महिना देखि गैरआवासीय  नेपाली संघ राजनीति र केहि समूहको लागि काम गर्न लागेको छ ।

नेपालमा अहिले को प्रस्थितिमा ना आन्दोलन माथि सहमति जनाउन सकिन्छ ना सरकारको कार्य र व्यवहार माथि नै तर आन्दोलनमा मारिएका जनता र प्रहरी दुईटै को लागि सहानुभूति र श्रद्धान्जली गर्नु जरुरि छ साथै देश र जनताको लागि निकास खोजनु जरुरि छ, देशमा आधि भन्दा बढी जनता आन्दोलित छन तर यहा सरकारलाइ हेर्दा  निकास नखोजेर  विकल्प खोज्दैछ र त्यसलाई सम्पूर्ण नेपालिको संस्था भनेर चिनिने हाम्रो NRNA ले मलजल गर्न लागेको हेरेर अचमित भएछु ।यसले गर्दा NRNA सम्पुर्ण नेपालीको संस्था नभएर सरकार र केहि खास समुहको संस्था हुन् लागेको बोध हुन्छ ।

नेपाल सरकारले नै कहि पनि घोसित वा अघोसित नाका बन्दि को कुरा कुटनितिक स्तरमा उठाएको छैन । यस्तोमा गैरआवासीय नेपाली संघले देशका आधि भन्दा बढी जनतालाइ वास्ता नगरिकन देश विदेशको कुटनितिक संघ संस्था र कार्यालयहरुमा जुलुस नारा गर्नु कतिको उचित हो भने मेरो प्रश्न छ ?

यस्तो कार्य गरेर विश्व सामु नेपाली जनतालाइ दुइ भागमा बाडने प्रयास नगरौ, विश्व सामु कुटनितिक मर्यादा तोरेर कुटनितिक सम्बन्ध खराब नगरौ । गैरआवासीय  नेपाली संघले देश र विदेशमा कमाएको इज्जत र नाम यसरि खराब गर्ने प्रयास नगरौ ।

विदेशमा बस्न त्यहिका कागजातहरु लिसकेका गैरआवासीय साथिहरुले विदेश बाट नै स्वालाम्वी र राष्ट्रयताको गीत नगाएर नेपालका बिकट जिल्लाहरु कर्णाली, आफ्नो अधिकारको लागि लडिरहेका तराईका जिल्लाहरुमा गएर हेर्नुस त्यहाका जनताहरु के चाहन्छ र उनीहरुको जिबिका जिवनयापन गर्नका लागि अधारभुत कुराहरु के माथि निर्भर छ ।

उनीहरुलाई आत्मनिर्भर बनाउन र सरल जिवनयापन कसरि जिउन सकिन्छ त्यसको लागि अहिले सम्म कसैले ठोस कदम उठाए छैन, त्यो गर्न सरकार र संघ संस्थाहरुको पनि दाइत्व छ । केहि भ्रष्ट र देश प्रति गैरजिम्मेवार नेताहरु र समूहको पछि लागेर यस्तो गल्ति नगरौ कि भविष्यमा गएर त्यसको ठुलो मूल्य देश र नेपालमा बस्ने जनतालाई चुकाउनु परोस ।

कुनै किसिमको नाकाबन्दी देशको हितमा हुदैन र कुनै पनि देश यस्तो गर्छ भने अशोभनीय हो । म त्यस्तो कार्यलाइ निन्दा गर्छु तर त्यो परिस्थिति आयो किन त्यसको बारेमा पनि सोचनु बुद्धिमानी देखाउनु र सत्य बाटो रोजेर देशलाइ निकासको पाईला अगाडी बढाउनु  हो ।

देश अहिले जटिल प्रस्थितिमा छ । यस्तो प्रस्थितिमा गैर आवासीय नेपालि संघलाई जिम्मेवार भएर देशको लागि अभिभावकको भूमिका को अवस्यकता छ । आन्दोलित पक्ष र सरकारलाइ इमान्दार भएर प्रस्तुत हुन् आग्रह गर्नु, त्यसको वातावरण मिलाउने कोसिस गर्नु र सब लाई मिलाएर निकास खोज्नु जरुरि छ । साथै भुइकम्प पिडित जनताको लागि आएको विदेशी अनुदान फर्कने अवस्था आउन लागेछ, त्यसलाई पनि छिटो व्यवस्थित गरेर पिडित जनताको आसु पुछ्नु जरुरि छ । अनि मात्र हामि सम्पुर्ण नेपाली एक भएर हाम्रो देश प्रति गलत सोच राखने तत्वहरु संग लडेर पराजित गर्ने र हाम्रो देश धेरै कुराहरुमा जुन आस्रित छ अरु देश माथि त्यसलाई सुधार्दै आफ्नै देशमा पनि विकल्पहरु खोजेर स्वालाम्वी र राष्ट्रभक्त बन्न जरुरि छ ।

अन्तमा,

गैरआवासीय नेपाली संघका आन्तरिक विवाद केहि मित्रहरुको कारणले गर्दा समाजिक संजाल र पत्रपत्रिकामा आउदा त्यो संस्थाको लागि राम्रो नभएको हुनाले, त्यस्तो गतिविधि नगरेर संस्थाको आन्तरिक बिवाद आफै बसेर मिलाउन र एक भएर एकताबद्ध रुपमा संस्थालाइ अगाडी बढाउन पनि आग्रह गर्दछु ।

साथै:फेरी एक पटक NRNA सम्पुर्ण नेपालीको संस्था रहन दिनको लागि समस्त NRNA मान्यवर ज्यूहरुलाई अनुरोध गर्दछु।

धन्यवाद

चन्द्र किशोर साह

निवर्तमान अध्यक्ष

गैरआवासीय नेपाली संघ,साइप्रस

 

Madhesi Youth

Madhesi Youth is a digital platform for young Nepalis to express themselves. We offer fact-based, data-driven and independent analysis on issues that affects Nepalis in general and Madhesis in particular.