United Madhesis of Nepal Celebrates Cultural Program in India

असार २५, २०७४

युनाईटेड मधेशिज् अफ नेपालले चौथो वार्षिकोत्सव नयाँ कार्य समिति चयन गर्दै भव्यताका साथ मनाएको छ । कार्य समितिले राम दयाल महतो (दयालु कुशुवाहा) लाई अध्यक्षको रुपमा नियुक्त गरेको छ ।

कार्यक्रममा नेपालको विशेषगरी मधेशलाई प्रतिनिधित्व गर्ने सासंकृतिक प्रस्तुतीहरु राखिएका थिए र साथ साथै विभिन्न राजनितिक दल संग आबद्ध राजनितिकर्मी र बुद्धिजिवीहरुको उपस्थिति पनि रहेको थियो ।

प्रमुख अतिथिको रुपमा समाजसेवी अधिवक्ता दिपेन्द्र झा तथा विशिष्ट अतिथिका रुपमा काङग्रेसका जुझारु युवा नेता कृष्ण गुरुङ र संदिप राणाको उपस्थिति थियो ।

कार्यक्रमको अध्यक्षता युनाईटेड मधेशिज् अफ नेपालका संस्थापक अध्यक्ष संजय यादवले गरेका थिए ।

सबैले आ आफ्नो मनतव्य राख्दै नेपालको संविधानमा भएको त्रुटि सच्याउनु पर्ने र मधेशी पहाडी बिचको एकता खलबल्याउने काम कसैले गर्न नहुनेमा जोड दिएका थिए ।

अधिवक्ता दिपेन्द्र झा

काङग्रेसका जुझारु युवा नेता कृष्ण गुरुङ


Photos courtesy of संजय यादव.

Save

Save

Save

Madhesi Youth

Madhesi Youth is a digital platform for young Nepalis to express themselves. We offer fact-based, data-driven and independent analysis on issues that affects Nepalis in general and Madhesis in particular.