TMNC को बहस: खसआर्यलाई आरक्षण कति न्यायोचित [भिडियो सहित]

मंसिर १० र २१ गते हुने निर्वाचनमा हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि संसदले पारित गरेको कानुनमा सबैभन्दा धेरै प्रतिशत आरक्षण ( ३१.२ प्रतिशत ) खस-आर्य (पहाडी बाहुन क्षेत्री) लाई दिनुपर्ने प्रावधान राखेको छ।

यो पहिलो पटक संवैधानिक व्यवस्था अनुसार अनुसार खस आर्य समुदायको निर्वाचनमा प्रतिनिधित्वका लागि आरक्षण दिइएको हो।

त्यस्तै, सो व्यवस्था अनुसार समानुपातिक प्रणालीमा दलितले १३.८ प्रतिशत, आदिवासी जनजातिले २९.७, मधेसीले १५.३, थारुले ६.६ र मुस्लिमले ४.४ प्रतिशत आरक्षण पाउनेछन्। पहिलो पटक मधेसी समुदायबाट मुस्लिम र थारुलाई छुट्टै समूहमा राखिएको हो। यसअघि थारु र मुस्लिम मधेसी ‘क्लष्टर’मा थिए।

अझ महत्वपूर्ण कुरो,

राजनीतिक दलले प्राप्त गरेको मतका आधारमा समानुपातिक सिट बाँडफाँड गर्दा सदर मतको तीन प्रतिशतभन्दा कम मत ल्याउने राजनीतिक दलले समानुपातिक सिट पाउने छैनन्।

यस सन्दर्भमा, खस आर्य समुदायलाई निर्वाचनमा समानुपातिक सिटको व्यवस्था सैद्धान्तिक तथा अन्तर्राष्ट्रिय मान्यताको विपरीत तथा विरोधाभाष रहेको ठहर गर्दै तराई मधेस राष्ट्रिय परिषद (Terai Madhes National Council -TMNC ) ले खसआर्य समुदायलाई गरिएको समानुपातिक सिटको व्यवस्थाको बिरोध गरेको छ। खसआर्यलाई आरक्षण कति न्यायोचित भन्ने विषयमा छलफल तथा विमर्श गर्न TMNC ले शनिवार काठमाण्डौको थापाथली ईन्जिनियरिङ्ग कलेजको सभा हलमा एक कार्यक्रमको आयोजना गरेको छ ।

सो बिषयमा वरिष्ठ राजनीतिक विश्लेषक  सि. के. लाल, वाम बुद्धिजीवी तथा राजनीतिक विश्लेषक राजेन्द्र महर्जन, अधिवक्ता तथा अधिकारकर्मी दिपेन्द्र झा, युवा राजनीतिक चिन्तक तथा लेखक उज्ज्वल प्रसाई, दलित चिन्तक तथा अधिकारकर्मी राज रजक र पत्रकार तथा सामाजिक अभियन्ता स्नेहा झाले बिमर्ष गरेका थिए ।

प्रोमिशा मिश्राद्वारा संचालित कार्यक्रममा अायोजक संस्थाको सदस्यहरु आनन्द गुप्ता र कासिन्द्र यादवले  स्वागत तथा धन्यवाद मन्तव्यहरु क्रमश: राखेका थिए ।

अधिवक्ता तथा अधिकारकर्मी दिपेन्द्र झा बोल्नुहुन्छ –

पत्रकार तथा सामाजिक अभियन्ता स्नेहा झा बोल्नुहुन्छ –

युवा राजनीतिक चिन्तक तथा लेखक उज्ज्वल प्रसाई बोल्नुहुन्छ –

दलित चिन्तक तथा अधिकारकर्मी राज रजक बोल्नुहुन्छ –

वाम बुद्धिजीवी तथा राजनीतिक विश्लेषक राजेन्द्र महर्जन बोल्नुहुन्छ –

मानवशास्त्री एवं प्राध्यापक डा. डम्बर च्यामजोङ्ग बोल्नुहुन्छ –

वरिष्ठ राजनीतिक विश्लेषक सिके लाल बोल्नुहुन्छ –