सिंहदरवार घेराउमा मधेसी युथ थिङ्क टयाङ्कद्वारा पानी र गुलकोच वितरण

जेष्ठ २ गते काठमाडौं ।

आज संघीय गठबन्धनको पूर्व घोषित सिंहदरवार घेराउ कार्यक्रममा मधेसी युथ थिङ्क ट्याङ्ककले (MYTT) चर्को घाममा खटेका आन्दोलनकारी, मानवअधिकारकर्मी, स–सशत्र प्रहरीहरुलाई गुलकोच पानी खुवाएर ठूलो राहत दिएका छन् ।यस कार्यक्रममा मधेसी युथ थिङ्क ट्याङ्ककले १०० जनाभन्दा बढी युवा परिचालन गरेका थिए । सो कार्यक्रम मधेसी नागरिक समाजको सहयोगमा गरिएको थियो ।

17_riyaz
Scene from Singh Durbar Gherao, organized by Federal Alliance of 27 Parties. Photo via Mohammad Riyaz Safi

गठबन्धनको सोही कार्यक्रमलाई सम्बोधन गर्दै मधेसी युथ थिङ्क ट्याङ्ककका अध्यक्ष डा. विनय पञ्चियारले सिंहदरबार, बालुवाटार र सम्पूर्ण देशलाई नै नयाँ संरचनामा ढाल्नुपर्ने आवश्यकता देखिएमा वहाँले जोड दिएका थिए । देशलाई समावेशी रुप दिन नसके देश विफल हुने र एकल जातिय संरचना र संकुचित सोचाईले सिंगो मुलुकलाई नै धरायसी हुने प्रति वहाँले गहिरो दुःख प्रकट गरेका थिए ।

15_riyaz
Mohammad Riyaz Safi from MYTT distributing water during Singh Durbar Gherao, organized by Federal Alliance of 27 Parties.

उक्त कार्यक्रम सफलबनाउनमा मधेसी युथ थिङ्क ट्याङ्ककका उपाध्यक्ष मोहम्मद रियाज साफीको अह्म भुमिका रहेको थियो । वहाँले अधिकार प्राप्ति नभएसम्म हाम्रो संघर्ष जारी रहने भनेर वताएका थिए र सो कार्यक्रममा समाजसेवी सरोज राय लगायतकाले सहयोग गरेका थिए ।

Madhesi Youth

Madhesi Youth is a digital platform for young Nepalis to express themselves. We offer fact-based, data-driven and independent analysis on issues that affects Nepalis in general and Madhesis in particular.