राष्ट्रीय जनता पार्टिलाई मधेस अधिकार संघर्ष समितिको आग्रह

  • सरोज मिश्र

मिती: २०७४/०२/१९

संयोजक,

राष्ट्रीय जनता पार्टि नेपाल,

केंद्रीय कार्यालय,

काठमाण्डौ,

नेपाल।

विषय: पूर्ण संसोधन बिनाको चुनावको बिरोधमा अडिग रहनोस, मधेस र हाम्रो साथ रहनेछ।

महोदय,

आज मधेस आन्दोलनको इतिहासलाई मत्थर पार्ने राजनीति अन्तर्गत चुनाव अघि सारिएको छ। मधेस आंदोलन क्रममा जून मागलाई पूर्ण लागू गर्न मधेसका बीर सहीदहरुले सहादत दिएका थिए, त्यसलाई औचित्यहीन रहेको संज्ञा दिन ठुलो षड्यंत्र अनुरूप आज फेरी राज्यले मधेसमा चुनाव घोषणा गरेको छ।६ महिने आंदोलन, ५० बढ़ी मधेसीको हत्यालाई न्यायिक सावित गर्न सरकारले मधेमा चुनाव एउटा दूरगामी महेन्द्रमाला नीति अंतर्गत नै समानता र सामाजिक न्यायको ऐतिहासिक स्वरलाई थिच्न यो चुनाव आह्वाहन गरिएको छ। यो राज्यलाई एकल जात, समुदाय, वर्ग, लिंगको झंडा फहरिने राष्ट्रको रुपमा रहेको ओलीको खोक्रो राष्ट्रवादी नाराले जनाई नै दिएको छ।

मधेसीहरुको जनांदोलनलाई कुनै पनि प्रकारको संबोधन नै नगरी जसरी ऐतिहासिक आन्दोलनलाई मत्थर पार्न र मधेस विरोधी संविधानलाई लागू गर्न यो चुनाव अगाडि ल्याइएको छ त्यसले मधेसमा व्यापक असन्तुष्टि, आक्रोशर मधेसको आत्म स्वाभिमान रक्षा आज खतरामा समेत परेको मधेसलाई मह्सुश हुँदैछ।

मधेस आन्दोलनको मुद्दालाई किनारा लगाई आज जसरी उपेन्द्र यादव पुनर्लेखन भन्दै संविधानलाई मान्य गर्न हुने चुनावमा होमिएका छन आज त्यसले मधेसमा राजनीतिक पार्टी प्रति वितृष्णा पैदा गरेको छ। उपेन्द्र जी चुनावमा होमिनुले मधेसीहरू आफु सँग ठुलो विश्वशघात भएको जनगुनासो रहेको बेला मधेस आंदोलनलाई पूर्ण संबोधनसम्म जीवीत राख्न पनि राजपा पूर्ण संसोधनबिना चुनावमा नजान हुने पक्षमा मधेस छ। हामी त्यसको पूर्ण वकालत र समर्थन गर्दछौं।

मधेसको भावना र अधिकारसँग बारम्बार खेलवाड़ गर्ने उपेन्द्रजी नबनौं, मधेसी जनता तपाँइहरुको साथमा छ।

अतः निर्भीक भई संसोधनबिना चुनाव नजान, र कुनै प्रकारको अन्तराष्ठट्रीय दबाव वा सरकारी जालझेलको शिकार नहुन समस्त मधेसी जनताको तर्फबाट मास तपाइहरूलाई मधेस मुद्दमा अडिग रहन हार्दिक सुझाव/ अनुरोध गर्दछ। प्रदेसिय चुनावमा मधेसले तपाईंहरुलाई पूर्ण समर्थन जनाउने छ, उहिले माग संबोधन अपरिहार्य हो।त्यसमा अडिग रहौं।

आत्मसमपर्ण चुनाव मानेर होइन, बुरू चुनाव प्रतिकपक्षमा रहेर, संविधानको विरोधमा रहेर गर्दा मधेस भविष्यमा आन्दोलन गर्ने स्थितिमा रहने अन्यथा मधेस वर्षों वर्षसम्म फेरी आंदोलित हुने स्थिति नरहने जसले सीमानकृत, पछिडीएका र शोषित जनतासँग घोर अन्याय हुने समेत जानकारी गराउँदछौं।

कुनै प्रकारको न्यूनतम माग वा कागजी समझौता नगरी मधेसमा पूर्ण रूपमा आई आंदोलन गर्न समेत आह्वान गर्दर्छौ।

यदि मधेसको हकलाई मारेर कुनै पनि प्रकारको ठगी गरिए, मधेसले तपाइहरुलाई समेत नस्विकार्ने र मधेस अधिकारको आन्दोलनको इतिहासले त्यस्ता हरेकव्यक्ति संघ ,संस्था, पार्टि, नेता आदिहरुलाई माफ नगर्ने अवगत गराउदछौं।

* यो चुनाव बिभेदपूर्ण संविधानलाई संस्थागत गर्न गरिएको चाल हो। * मधेस आफ्नो अधिकारको पक्षमा आन्दोलनमा मर्न तयार छ।

* मधेससँग राज्यले बिभेद गर्यो, पूर्ण संसोधनबिना चुनावमा गएर राजपाले मधेससँग अर्को बिभेद र धोका नगरोस।

* ०६३/६४ भन्दा पूर्व र ०७२सम्म र पछिको सहिदहरुको सपनाको सम्मान गरीयोस।

*ऐतिहासिक मधेस आंदोलनलाई नाम मात्रको सम्झौता गरेर चुनावमा गई दीर्घकालीनरूपले निस्तेज नबनाइयोस।

* सीमांकन सहितको संसोधन हुनुपर्छ, होइन भने चुनाव होइन, आजीवन बिरोध। राजपालाई मधेसको माग प्रति अटल रहन हाम्रो आग्रह छ, हामी तपाईको साथमा रहनेछौं।

जय मधेस, जय अधिकर!

 

सरोज मिश्र

संयोजक,

मधेस अधिकार संघर्ष समिति(MASS)