मधेशी बिद्यार्थीद्वारा दिल्लीमा प्रदर्शन

मधेशी बिद्यार्थीद्वारा दिल्लीमा प्रदर्शन

दिल्ली मधेशमय भएकोछ

यो पूरै हप्ता दिल्ली मधेशमय हुने अनुमान आजबाट देखिएको छ।गत हप्ता नेपाल सरकारको उप-प्रधानमन्त्री कमल थापा र भारतीय विदेशमन्त्री श्रीमती सुष्मा स्वराज बिच मधेशको मुद्दालाई लिएर केहि गोप्य समझौता भएको खवर नेपालको पत्र-पत्रिकाहरुमा छापिएको थियो। सोहि खवरको आधारमा काठ्मान्डौको राजनीति वृतमा केही सहजताको आभास हुनेलागेको देखेर मधेश त्रसित बनेको देखिन्छ। अर्को तिर जनता दल (युनाईटेड)को सांसद पवन कुमार वर्माले भारतको राज्य सभामा नेपाल सम्बन्धि विशेष-ध्यानाकर्षण प्रस्ताव दर्ता गराएका थिए । सांसद वर्माको प्रस्तावको जवाफदिन मन्त्री स्वाराज समेत शुक्रवारको वैठकमा उपस्थित भई छलफल प्रारम्भ हुँदा सो ध्याकर्षण प्रस्ताव अती संवेदनशील रहेकोले सदनको बहुमत सदस्यहरुले उक्त प्रस्तावलाई फलफल-प्रस्तावको रुपमा परिणत गर्ने माग गरेका थिए । उक्त प्रस्ताव भारतीय राज्य सभामा सोमबार छलफल प्रस्ताको रुपमा पेश हुने भएको छ।

यसरी मधेसको मुद्दालाई केन्द्र बनाएर भारतमा भैरहेको तिव्र धटनाक्रमले मधेशी नेताहरु चिन्तित भएको देखिन्छ ।भारतीय विदेश मन्त्री र कमल थापा बिच भएको भनिएको समझौता र राज्य सभामा हुनलागेको छलफललाई मध्य नजर गर्दै मधेशी मोर्चाको चारैजना शिर्ष नेताहरु आज दिल्ली आईपुगेकाछन् ।उनिहरुले आजैबाट नेपाललाई नजिकबाट हेर्ने विभिन्न दलका शिर्षनेतासंग भेटघाट शुरु गरेकाछन्। उनिहरुले भारतीय काँग्रेसका नेता करण सिंह, जनता दल (यु.)का शरद यादव, राष्ट्रिय काँग्रेसका डि.पी. त्रिपाठी र विदेश सचिव सुष्मा स्वाराजसंग भेटेका थिए।

यसै बिच दिल्लीस्थित विभिन्न विश्वविद्यालयहरुमा अध्य्यनरत मधेशी विद्यार्थीहरुले नेपाली राजदुतावास अगाडि विरोध प्रदर्शन गरेकाछन् ।मधेश युनाईटेड ग्रुपको व्यानर र प्ले कार्ड लिएर लगभग ३०० जना विद्यार्थीहरुको समुहले नेपाल सरकार मुर्दावाद, यो हाम्रो संविधान होइन (#NotMyConstitution) जस्ता नारा लगाउदै प्रदर्शन गरेका थिए ।प्रदर्शन गलभग दूई घण्टा सम्म चलेको थियो ।विरोध कार्यक्रमको मध्यनजर गर्दै भारीमात्रामा सुरक्षाकर्मी परिचालन गरिएको थियो। मधेशी युनाईटेड ग्रुपको सभापति संजय यादवले यो विरोध कार्यक्रम नेपाल सरकारले मधेशीमाथि गरिरहेको दमन, अन्याय र विभेदको विरुद्धमा भएको जानकारी दिए । उनले हाल दिल्लीमा रहेको मधेशी मोर्चाको नेताहरुसंग एक्केबद्धता जनाउनुको साथै उनिहरुलाई मधेश विरुद्धकुनै समझौता नगर्न समेत चेतावनि दिए। जवाहरलाल नेहरू विश्वविद्यालयका विद्यावारीधी अध्य्यनरत अर्का विद्यार्थी सोहन साहले अब एउटापनि मानवछति नगरी छिटो भन्दा छिटो मधेशीको मागलाई संबोधन गर्ने नेपाल सरकारलाई दवाव दिन यो प्रदर्शन गरिएको जनाए ।

Madhesi Youth

Madhesi Youth is a digital platform for young Nepalis to express themselves. We offer fact-based, data-driven and independent analysis on issues that affects Nepalis in general and Madhesis in particular.