मत माग्नेलाई सोध्नुहोस् यी १३ प्रश्नहरु

  1. संविधानमा दुई ठाउँमा खस आर्यको परिभाषा राख्नुभयो, मधेसी, थारु र जनजातिको परिभाषा किन अटाउन सकेन ?

  2. सातवटा प्रदेशहरुमध्ये ६ वटामा खस आर्याहरुको बाहुल्यता र मुख्यमन्त्रीहरु हुने गरी प्रदेशको सिमाङ्कन किन गर्नुभयो ?

  3. तराई-मधेश थरुहटलाई पाँच भागमा किन बिभाजन गर्नुभयो ?

  4. कर्मचारी, सेना, सुरक्षा निकायलगायत अस्सी प्रतिशत प्रतिनिधित्व भएको खसआर्यलाई आरक्षण किन चाहियो ?

  5. तपाईका पार्टीहरुको प्रधानमन्त्रीहरु हुँदा मधेसीलाई ताकी ताकी किन गोली हानियो?

  6. दुर्त गतिमा संविधान निर्माण गर्ने नाउँमा मधेसी थारुलाई संविधान निर्माणबाट पर किन राख्यो?

  7. हाम्रो घरमा लास र कालो दिवस भएको बेला तपाईले दिपावली कसरी मनाउनु भयो?

  8. १५ लाख जनसंख्या हुने प्रदेशबाट राष्ट्रिय सभामा हुने ८ जना सांसद र हाम्रो ५४ लाख जनसंख्या भएको प्रदेशबाट पनि ८ जना सांसद किन?

  9. संविधानको प्रस्तावनामा सबै आन्दोलनहरु राख्नुभयो, मधेस आन्दोलन किन अटाउन सकेन?

  10. विदेशीसँग विवाह गर्ने महिलाको हकमा लैंगिक विभेद हुने गरी तिनका सन्तानले अंगिकृत नागरिकता पाउने प्रावधान किन राखेको ?

  11. न्यायपालिकामा न्यायाधीश नियुक्तिमा वा न्यायपालिकाको कुनै पनि कार्यमा प्रादेशिक सरकारको कुनै भू्मिका नदिनुको कारण के हो ?

  12. राज्यको सबै निकायमा समावेशी हुने हो भने न्यायालयको भागमा समावेशी किन नराखेको ? के न्यायापालिका राज्यको अंग होइन ? हो भने किन समावेशीवाट किन अछुतो राखेको?

  13. सबै पार्टी मिलिभगत गरी संविधान संवोधन प्रस्ताव किन फेल गर्नुभयो?

Dipendra Jha

An Advocate practicing at Supreme Court of Nepal.