संवेदना को बोली

संवेदना को बोली
– कान्ता कादम्बीनी

हे ओली कस्तो बनायौ मेरो नेपालको परिस्थिती आज भोली !
तिम्रो मुख बाट निस्केको थियो कस्तो कटू बोली,
जस्ले गर्दा चल्यो मधेशमा गोली !

 
हिजो खेल्यो सबै ले मधेशको रगत बाट होली र मनायो दिपावली,
तर निस्केन कसैको मुख बाट मधेश को लागि संवेदना को बोली !
आज पेट्रोलको हाहाकार मा निस्कियो मुख बाट ब्याकअफ ईण्डियाको बोली,

 

हे ओली तिमीले कस्तो रोप्यौ बिऊ जस्ले गर्दा उम्रिन्दै छ सबैको मुखमा घृणा को बोली !
तिमी नेताहरु फेरि मिलि हाल्छौं आज नत्र भोली,
के तिमीले सोचेको छौ, कसरी मिलाउने पहाडी-मधेशी बिच को बोली ?
हे ओली कस्तो बनायौ मेरो नेपालको परिस्थिती आज भोली !!