राकेश मिश्रको वारेमा छापिएको समाचारप्रति रिपब्लिकाको सम्पादकलाई चिठी

सम्पादक श्री सुभाष घिमिरेज्यु,

रक्षाराम हरिजन, लेखक

केहि वर्ष पुर्व जतिवेला तपाईले कसमस विश्वकर्माको ठाउँमा रिपब्लिका दैनिकको सम्पादक पदको जिम्मेवारीमा आउनुभयो, पाठकहरुलाई तपाईले संयुक्त राज्य अमेरिकाको हार्वड केनेडी स्कुलबाट शिक्षा प्राप्त गरेको भनि जानकारी गराइएको थियो । तसर्थ, हामी के आशावाादी छौ भने तपाईलाई संयुक्त राज्य अमेरिकाको संविधानमा भएको पहिलो संशोधनको वारेमा पक्कै थाहा होला । संयुक्त राज्य अमेरिकाको संविधानले त्यहाँको काँग्रेसलाई कुनै पनि त्यस्तो नयाँ कानुन वनाउन रोक लगाउदछ जसले नयाँ धर्मको स्थापना, धर्मको स्वतन्त्रतापुर्ण प्रयोग गर्नमा प्रतिबन्ध, वाक स्वतन्त्रतामा रोक, संचारमा प्रतिबन्ध, शान्तिपुर्ण भेला वा सरकारबाट कुनै उजुरीमाथि उपचार दिनबाट रोक लगाओस । स्वतन्त्र विश्वका लागी यी आधारभुत अवयवहरु हुन । हामी संसारको अर्कै कुनामा होऔला तर हामी अनेकन अन्तर्राष्ट्रिय मानव अधिकार सन्धिहरुका हस्ताक्षरकर्ता हौ जसले हामीलाई मानव अधिकार को संरक्षण, स्वतन्त्रतापुर्वक आफना विचारहरु राख्ने अधिकार लगायत अन्य मानव अधिकारकारहरुको को अनिवार्य सम्मान गर्ने जिम्मेवारी थपेको छ ।  

रिपब्लिका दैनिकको २०७४ मंसिर १४ गते मा प्रकाशित डि. एफ. आई. डि.(डिफिड) मा कार्यरत राकेश मिश्रको वारेमा छापिएको समाचारप्रति यहाँलाई केही कुरा भन्न र सोध्न मन लागेर यो चिठी लेख्दैछु  त्यस समाचारमा उनी निर्वाचन विरोधी गतिविधि-फेसबुक पोस्टको आधारमा-गर्दैछन भनि दावी गरिएको छ ।

घिमिरेज्यु, उनको फेसबुकमा तपाई हुनुहुन्न अनि कसरी थाहा पाउनुभो उनका व्यक्तिगत कुरा? के तपाईले उनको फेसबुक स्टेटसलाई साभार गर्दा उनको अनुमति लिनुभएको थियो ? मेरो जानकारीमा भएसम्म उनको फेसबुक प्रोफाईलमा सिमित साथी र परिवारजनहरुमात्र पहुँच राख्दछन त्यसमध्येका तपाई हुनुहुन्न । कतै तपाईले उनका फेसबुकमा हुने सुचानाहरु प्राप्त गर्न उनको फेसबुक एकाउन्ट ह्याक त गर्नुभएन? फेसबुक टविटर होईन जहाँको हरेक सुचना सार्वजनिक हुन्छन । फेसबुक नितान्त व्यक्तिगत सुचना आदानप्रदानको माध्यम पनि हो । त्यसैले सम्पादकज्यु, कतै तपाईले यो सुचना सम्प्रेषित त गर्न खोज्नुभएको छैन कि अवदेखि रिपब्लिकाका संवाददाताहरुलाई नागरिकहरुको व्यक्तिगत सुचनाहरुमा समेत जासुसी गर्न खटाइएको छ । तपाईलाई कुनै व्यक्तिको गोपनियताको सम्बन्धमा हार्वड केनेडी स्कुलमा यस्तो पढाइएको थियो भन्ने त लाग्दैन ।

समाचार प्रकाशित गर्नूअगााडि तपाईले जसको वारेमा कुरा गर्न खोज्दै हुनुहुन्छ उनी डिफिड मा कार्यरत राकेश मिश्र नै हुन भन्ने निष्कर्षमा कसरी पुग्नुभयो । जव तपाई उनको फेसबुक फ्रेन्ड हुनुहुन्न भने उनी त्यही व्यक्ति हुन भन्ने तपाईलाई कसरी थाहा भयो ? न उनको फ्रोफाईल पिक्चर छ त्यहा न त्यो एकाउन्ट भेरिफाईड छ, यस्तो अवास्थामा कसैकोवारे कसरी सुनिश्चित गर्न सकिन्छ । सम्पादकज्यू, तपाईलाई हामी वाँचीरहेको डिजिटल संसारको वारेमा अनभिज्ञ हुनुहुन्छ भन्नेमा शंका गर्ने प्रशस्ति ठाउँ छ ?

ईन्टरनेटमा सामान्य रुपमा खोज्दा पनि दुई दर्जनभन्दा वढी राकोश मिश्राको नाममा फेसबुक एकाउन्ट देखिन्छ । के तपाईले त्यस व्यक्तिको वारेमा आरोप लगाउनुअघि उनीसंग कुरा गर्नुभो वा उनका प्रतिक्रिया माग्नुभो? समाचारमा त आरोपितलाई आफनो पक्ष राख्ने कुनै अवसर दिइएको जस्तो देखिदैन, यो त पित पत्रकारिता भएन र ? सम्पादकज्यु, यसले स्पष्ट रुपमा तपाई आपनो पदीय मर्यादको दुरुपयोग गर्दै आफुलाई मन नपर्ने व्यक्तिका विरुद्ध विष वमन गर्दै हुनुहुन्छ भन्ने स्पष्ट देखिन्छ ।

तपाईका समाचारमा राखिएका समाचारलाई पढदा तपाईको सामान्य ज्ञानवारे मलाई दया लागेर आउछ । तपाईका अनुसार, मिश्रले नेताहरुलाई बास्टर्ड भन्ने शब्दाावली प्रयोग गरे भनेर भनिरहदा तपाईले त्यो परिवेशलाई अलिकति पनि सम्झिनुभएन। फ्रैकलिन डि रुजवेल्टले, शितयुद्ध ताका निकारागुवाका तत्कालिन राष्टपति समोजा डिवेल का वारेमा रुजवेल्टका सचिवले “उनी बास्टर्ड हुन” भन्दा रुजवेल्टले “हो उनी वास्टर्ड हुन् तर हाम्रा वास्टर्ड हुन” भनि प्रतिक्रिया दिएका थिए । तपाई त संयुक्त राज्य अमेरिकामा पढ्नु भएको सम्पादक महोदय, यति कुरा पनि बुझ्नुभएन देखेर ठिट लागेर आयो।

तपाईका समाचार शीर्षकलाई हेर्नुस न जहाँ डिफिडले राकेश मिश्रको फेसबुकपोष्ट र उनका विचारवाारे माफी मागे भन्नुभएको छ । सम्पादकज्यु, के तपाईलाई हेक्का छ कि शासनविज्ञको काम के हो? होईन शासन विज्ञको कुनै सरकारी कर्मचारी, राजनितिज्ञ वा प्रणालीप्रतिको व्यक्तिगत विचार कतैपनि उनको पेशागत कार्यलाई प्रभावित गर्दैन । तपाईलाई ज्ञात होस डिफिडको वरिष्ठ अधिकारी जननिर्वाचित वा राजनितिक रुपमा नियुक्त भएको पद होईन तसर्थ उनीहरुको निजी विचार सार्वजनिकि खवरदारीको विषय नै होईन । हो यदि कसैले आफनो व्यक्तिगत कुण्ठा पोख्न चाहन्छ भने हरेक कुरा जायज त हुने नै भो कि कसो सम्पादकज्यु ।

सम्पादकज्यु, यो एउटामात्र घटना होईन जहाँ व्यक्तिलाई वदनाम गर्ने चेष्टा गरिएको छ । यस्तो त श्रृंखला नै चलेको देखिन्छ । राष्ट्रिय मानव अधिकार आयोगकी प्रवक्ता तथा सदस्य माननिय मोहना अन्सारीको वारेमा एस.डि.सी. ले वनाएको वृत्तचित्रको कारण उनलाई भर्खरमात्र विवादमा तानिएको थियो । ति व्यक्तिहरु जसले आफना ईष्टदेवताको पुजा होस वा सन्तानको न्वारन विदेशी दातृ निकायको आशिर्वाद थाप्छन, उनैले माननिय मोहना अन्सारीको प्रसंग झिक्दै दातृ निकायहरुलाई कारवाहि गर्नुपर्ने आलेख र टिप्पणी पत्रपत्रिका र सामाजीक संजालमा गरे । अव राकेश मिश्रा भेटिएका छन सत्ताका स्थायी पुजारीहरुलाई । दातृ निकायका रकमहरु कसरी वर्षोवर्ष केहि खास व्यक्तिहरुले दुरुपयोग गर्दै आए ति कुरा लुकेको तथ्य रहेन अव । मुलधारका दावी गर्ने संचारमाध्यमले आफ्ना सूचना  र समाचारमार्फत जनतालाई मुर्ख वनाउने प्रयासलाई नेपालका विभीन्न भागका जनताले फरक फरक अर्थमा वुझदैछन र वुझनेछन । यसले सिमान्तकृत समुदायको आवाजलाई दबाउने मुलधार समाचारमाध्यमको प्रयास सफल त हुदैन नै केही खास समुदाय र सिमान्तकृत नागरिकलाई भडकाउनमा मद्दत अवश्य गर्नेछ ।