एक सचेत मधेशी-नेपाली युवाको संदेश

हामी बिगत २५० बर्ष देखी लडिरहेको छौ र ईतिहासमा हामी कयौ पटक जित्यौ र कयौ पटक हार्यौ । कहिले हामी लडिरहयौ र राणा शासन को तानाशाह हार्यो तर हामीले जित्न सकेनौ, हामी फेरी लड्यौ पञ्चायत ब्यबस्था हार्यो तर जित्नेमा हामीहरु परेनौ, गणतन्त्रको जित भयो तर हामीले त्यो उत्साह धेरै दिनसम्म कायम राख्न सकेनौ किनकी हामी फेरी पनि जित्नेहरुको समुहमा सरीक हुन सकेनौ ।

आज देशको एउटा अंग जितिरहेको छ तर हामीले आफु हारेको महशुस गर्न वाध्य छौ । केही सपुतको शब यात्रामा रुदैछन् कोही खाडीको मरुभुमिमा रुदैछन र कोही जित्नेहारुको माझमा रुदैछौ ।

यो एक हारेर पनि हाँस्नुपर्ने कठीन घडी हो तर जुन निक्कै असहज छ तर म फेरी पनि हौशला समेट्दैछु किनकी मलाई यो थाहा छ कि मैले अझै निरन्तर लडिरहनु छ, तिमी पनि आउ र हारेको अनुहार त्याग किनकी तिम्रो त्यो मलिन अनुहारले हामीलाई हराउने दलाल र षड्यन्त्रकारीहरुमा उत्साह थप्छ र हामीलाई कमजोर बनाउछ ।

आउ मधेस आउ फेरी एक अर्को लडाईं को लागि तयार हौ, पहिचानको लागि लडौ र अस्तित्वको लागि लडौ । तिमी, म र हाम्रा समुदाय यो राष्ट्रको पश्चिमको पर्खाल भएर लडिरहेको ईतिहास छ । अब हामी आँफै सँग लडौ, आफ्नै सँग लडौ र सम्भावना सँग लडौ ।