ओली सर: आँप खाने भए आउँदो बर्ष मधेश आउनु होला।

नेपालमा नयाँ संविधान आएकोमा तराईबासिहरु सार्है खुसि भएका छन्। यो सम्बन्धमा कुरा बुझ्न हाम्रो वरिस्त र होनिहर सम्बाददाता ‘चतुर नेपाली’ टनकपुर पुगे। त्यहाँ पुगेर उनले रमाई रहेका रामविलासलाई सोधे,

चतुर नेपाली: तपाईं निक्कै खुसि देखिनु हुन्छ, किन हो?
रामविलास: हाम्रो हुनेवाला प्रधानमन्त्रि ओली सरले मधेशको आँपको बारेमा चर्चा गरेको सुनेर मलाई सार्है खुसि लागेको छ। आँप त तपाइको मधेसमा सार्है लोकप्रिय फल हो, यो सबैलाई थाहा छ। तर, अहिलेसम्म कुनै पनि प्रधानमन्त्रीले मैले बेच्ने आँप को बारेमा यस्तो खुलेर चर्चागर्नु भएको थिएन। मलाई सार्है खुसि लागेको छ, के भनुँ  म?

रामविलासलाई बधाई दिदै ‘चतुर नेपाली’ आँप होइन कि संविधानको बारेमा बुझ्न नजिकै रहेकी धनियाँलाई सोंधे।

चतुर नेपाली: तपाईं बडो उदास देखिनु हुन्छ, किन हो?
धनिया: क भनुँ तपाईंलाई, हाम्रा हुने वाला प्रधानमन्त्रि ओली सरले मधेशमा मान्छे मरेको घटनालाई रुख बाट दुइ चार आप झरेझैँ हो भनिदिनु भयो। तर म त्यसको लागि दुखि छैन। मलाई दुक्ख यसको छ कि प्रधानमन्त्रि ओली सरलाई आँपको बारेमा केहि थाहै रहेन छ। भादोमा कहाँ रुखबाट आँप झर्छ? आँपको महिना त असारमै सकिसक्यो।

Mangoes & Oli - Nepali

यो सुनेर चतुर नेपाली चकित भए।  त्यहि बेला रामविलासले दाँत देखाउदै हाँसेर भन्यो, “गएर भनि दिनु होला प्रधानमन्त्रि ओली सरलाई, आँप खाने भए आउँदो बर्ष मधेश आउनु होला.”