आन्दोलनका कारण महोत्तरीमा पौने दुई लाख विद्यार्थी स्कुल जानबाट बञ्चित , आन्दोलनको नाममा बालबालिकाको प्रयोग ।

बिक्रमप्रसाद रौनियार ।

महोत्तरी ।

संघिये प्रदेश अन्तर्गत भएको सिमांकनको बिरोध र बिगतमा मधेशी दल बीच राज्यले गरेको सम्झौता कार्यान्वयनको माग राख्दै मधेशमा जारी आन्दोलनको कारण कयौं बिद्यार्थीहरु बिद्यालय जानबाट बञ्चित भएका छन् । झन्डै एक महिना देखि जारी आन्दोलनको कारण महोत्तरीका निजी तथा सामुदायिक विद्यालय सञ्चालनमा आउन सकेका छैनन् ।

लामो समयदेखि जारी आन्दोलनको कारण जिल्लाका सामुदायिक तथा निजी विद्यालय खुल्न नसकेको कारण जिल्लामा झण्डै पौने दुई लाख विद्यार्थी स्कुल जानबाट बञ्चित भएका छन् ।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आह्वान गरेको अनिश्चितकालिन आम हड्तालका कारण गत साउन २९ गतेदेखि नै विद्यालय बन्द रहेका छन् । जिल्लाका ४ सय ११ प्राथमिक, १ सय २७ निम्न माध्यमिक र ६५ वटा माध्यमिक र ४२ उच्च मावि विद्यालयहरु आन्दोलनकारीको डरले बन्द भएको कारण १ लाख ६९ हजार ५ सय ८९ बिद्यार्थीहरु पढाइबाट बञ्चित भएको जिल्ला शिक्षा अधिकारी अरबिन्दलाल कर्णले जानकारी दिनुभयो ।जिशिअ कर्णका अनुसार प्राथमिक तहमा १ लाख २६ हजार ३ सय ६१, निमाविमा ३० हजार ८ सय १६, मावि तहमामा १० हजार ३ सय ७१ र उच्च माविमा २ हजार ४१ विद्यार्थी अध्ययरत छन् ।

Children Used in Protests - 2
मधेशमा जारी आन्दोलनको कारण पौने दुई लाख विद्यार्थी स्कुल जानबाट बञ्चित भएका छन् । तस्बिर: बिक्रमप्रसाद रौनियार ।

विद्यालयलाई शान्ति क्षेत्र घोषणा गरिएको भए पनि आन्दोलनकारीले विज्ञप्ती नै जारी गरेर स्कुल बन्द गर्न चेतावनी दिएका छन् । शिक्षकहरू डरले स्कुल बन्द गरेर आउन छाडेपछि पढ्न पाउने मौलिक अधिकारबाट समेत विद्यार्थी बञ्चित भएका जिशिअ कर्ण बताउँनुहुन्छ । बिद्यालय बन्द भएपछी आन्दोलनमा स्कुले बिद्यार्थीको प्रयोग भएका छन् । आन्दोलनको नाममा बिद्यालय बन्द भएपछी आन्दोलनरत् मोर्चाले स्कुले बिद्यार्थीहरुलाई प्रयोगमा ल्याएका हुन् । चारपाँच बर्ष देखि १४ बर्ष सम्मका बालबालिकाहरु सडकमा टाएर बालेर बिभिन्न नारा लगाँउदै सडक अवरुद्ध बनाँउदै दिनँहू बस्ने गरेका छन् । जारी आन्दोलनको क्रममा गाँउ गाँउबाट स्कुले बिद्यार्थीहरु आन्दोलन गर्न भन्दै सदरमुकाम जलेश्वर र बिभिन्न ग्रामिण क्षेत्रमा प्रयोग गरेका छन् ।

दलहरुले बालबालिका र विद्यालय शान्ति क्षेत्र हो यसमा राजनितिक हस्तक्षेप नगर्ने पटक पटक प्रतिबद्धता जनाएपनि त्यसो हुन नसकेको मानवअधिकारकर्मी ईन्सेक जिल्ला प्रतिनिधी अजयकुमार साहले बताउनुभयो । बन्द हड्तालमा बालबालिका प्रयोग नगर्न भन्दै राजनीतिक दलहरुले प्रतिवद्धता गरे पनि व्यवहारमा लागु नहुँदा सोको सिधा असर अध्ययनरत स्कूले विद्यार्थीमाथि परिरहेको छ । बालबालिका स्कुल बन्द हुँदा दैनिकी समेत फेरिएको छ ।

हातमा, काँधमा स्कुले झोला र किताव हुनुपर्ने ठाँउमा हातमा ढुङ्गा र काँधमा साईकलका टायर बोकेर दैनिक ग्रामिण क्षेत्रमा रहेका राजमार्गमा बसिरहेका हुन्छन् । यसले बालबालिकामा मानसिक असर समेत देखिने, आपराधिक कृयाकलापमा मनोबृदी लगायतका अल्पकालिन र दिर्घकालिन असरहरु देखिने लामो समय देखि सामाजिक क्षेत्रमा कार्यरत गा्रमिण बिकासका एक बिधार्थी संजिता रौनियारले बताउनुभयो ।

आन्दोलनको नाममा बिद्यालयको प्रयोग नगर्न र बालबालिकाको प्रयोग नगर्न भने आन्दोलनरत पक्ष र राज्य पक्षले दुवैआवश्यक ध्यान दिन आवश्यक रहेको निजी बिद्यालयहरुको संगठन महोत्तरी प्याव्सनका उपाध्यक्ष ईश्वरी पन्त बताउनुहुन्छ । बालबालिकाहरुलाई बिभिन्न स्वार्थको रुपमा प्रयोग गरिनु ठीक नभएको समेत उहाँले बताउनुभयो । आज बालबालिका आन्दोलनमा प्रयोग गरिनु आपत्तीजनक भएको भन्दै उनीहरुलाई सहजै बिद्यालय जान पाउनुपर्ने वातावरण मिलाईदिन समेत सबैमा आग्रह गर्नुभएको छ । आन्दोलनमा जसरी बालबालिकाको प्रयोग भएका छन्,त्यसले समाजमा नराम्रो असर देखिने नागरिक समाजका अगुवाहरु बताँउछन् ।