Koshish’s Emergency Relief Work for Fire Victims in Kapilvastu

मिति : ०७/०१/२०७३

प्रेष बिज्ञप्ति

मिति २०७२/१२/२६ गतेका दिन जिल्ला कपिलवस्तु कुशहवा गा.बि.स. स्थित वडा न. १ र २ मा आगोलागी भएको हुँदा ‘कोशिस’ को अगुवाइमा यसै संस्थाको टोलिले गरेको स्थलगत अनुगमन बाट थाहा हुन आएको क्षेतीको बिबरण को आधारमा आज मिति २०७३ बैशाख ७ गते मंगलवारको दिन कोशिस-धरान र कोशिस-भैरहवा को संयुक्त अगुवाई मा अग्नि-पीडित कूल ४२ परिवार लाई राहत बितरण गरिएको व्यहोरा जनाउदछौं | राहत स्वरूप प्रति परिवार प्रदान गरिएको सामाग्रीहरुको विवरण यस प्रकार रहेको छ :

१.      चामल – २५ किलो ( प्रति परिवार )

२.      खाट – १ थान     ( प्रति परिवार )

३.      सोलार ल्याम्प – १ थान   ( प्रति परिवार )

४.      तन्ना – १ थान    ( प्रति परिवार )

५.      नांग्लो – १ थान    ( प्रति परिवार )

६.      लुगा धुने साबुन – ५ थान ( प्रति परिवार )

७.      लुगा – २ देखि ३ थान     ( प्रति परिवार )

८.      बच्चा को लागि स्कूलको पोशाकको लागि ने.रु. ५०० – प्रति बच्चा

यस राहत बितरण कार्यक्रमका निमित मधुर (यु.यस.ए), टिच फोर नेपाल, सानो पाईला, सफा चौरासी व्यंजन  रेस्टुराँ काठमान्डू, हेल्प मधेसी-कतार च्याप्टर, मधेसी नागरिक समाज-दोहा कतार, ए.यन.टि.ए. (यु.यस.ए), मधेसी रिलिफ फण्ड, डी.यफ.द्व्लू मधेसी समाज, डल्लास टेक्सास(यु.यस.ए) आदि संघ-संस्थाले सहयोग गरेका थिए |

‘कोशिस’ सिक्षा, स्वस्थ र वातावरण को क्षेत्रमा काम गर्ने गैर-राजनैतिक तथा गैर-सरकारी संस्था हो |

कार्यक्रम संयोजक

मदन गुप्ता

Madhesi Youth

Madhesi Youth is a digital platform for young Nepalis to express themselves. We offer fact-based, data-driven and independent analysis on issues that affects Nepalis in general and Madhesis in particular.