क्षमायाचना अभियानसँग जोडिएका सबालको जवाफ

  • रीता साह, सामाजिक अभियन्ता तथा मधेशी महिला अधिकारकर्मी

गत साता समाजिक संजालमा सबैभन्दा चर्चाका विषय रहयो मधेसमा चलेको “क्षमायाचना अभियान”। अधिकाँसले अभियानलाई सकारात्मकरुपमा लिएको पाइयो । यस्ता अभियान देशभरीनै चलाउनु पर्ने पक्षमा पनि केही देखिए ।

तर केही मधेशी संचारकर्मीहरु नै अभियानको विरुद्धमा लागेको देखिन्छन् । अभियानको विरोध गर्दा व्यक्तिगत आक्षेप, डलरको खेती, आन्दानीको लेखा जोखा देखि छोराछोरीको स्कुल सम्मको हिसाब किताब गर्न पछि परेनन् ।

तर जस जसले यो अभियान शुरु गर्नुभयो, वँहाहरुको बारे खासै बोलेको देखिएन् । हामीलाई मात्रै टारगेट गरेको देखियो । के अभियानकर्ताहरुबीच जातियताको आधारमा विभाजन ल्याउन खोजेको हो कि ?

विरोध गर्नेहरुको तर्क दिनुहुन्छ कि यो अभियानले अहिलेको जारी राजनितिक आन्दोलनलाई कमजोर बनाउँछ । वर्षोदेखिको जातिय सद्धभावलाई खलवलाउँछ । यो आन्दोलन डलरको खेती हो । सामाजिक संजालमार्फत सस्तो लोकप्रियता बटुल्नको लागि गरेको आदि ।

अब म वँहाहरुलाई जवाफ दिन चाहन्छु:

के मधेसी समुदायसँग राजनैतिक समस्या मात्र छ ? के मधेसी समाज भित्र समाजिक विभेद छैन् ? के यस अभियानमा लागेकाहरुले मधेसमा जारी आन्दोलनको बिरोध गर्नुभएको छ ? क्षमायाचना अभियान एउटा सामाजिक आन्दोन हो । राजनितिक आन्दोलन सुस्त भएको बेला यस अभियानले त्यसलाई झन सहयोग पुरयाउँदैन र ? यो अभियानले बरु मधेसी समाजमा कायम रहेको जातिय विभेदलाई कम गर्छ र चलेको मधेश आन्दोलनलाई कमजोर बनाउँदैन बरु बलियो बनाउन मदत गर्छ ।

जहाँसम्म मधेसी समाजमा वर्षोदेखिको जातिय सदभावको रहेको थियो भनिन्छ, त्यो सत्य होइन् । जातिय सद्धभाव थिएन । दलितहरु सहेर बसेका थिए । हामी उच्च जातका वा मध्यम जातकाले दलितहरुसँग छुवाछुत जस्ता अमानविय ब्यवहार गरेकै हो । त्यसैले क्षमायाचना अभियानले सद्धभाव खलबलिदैन बरु झन मजबुत हुन्छ ।

हरेक अभियान चलाउन डलर नै चाहिन्छ भने होइन, इच्छा शक्ति भए पुग्छ । यदि कसैलाई त्यसतो लाग्छ भने प्रमाण पेश गर्न आग्रह गर्दछु । जहाँसम्म देखावटी को कुरा छ त्यो त समयले प्रमाणीत गर्ने हो । यसअघि सामाजिक संजालमा कस्ता कस्ता फोटोहरु राखेको कसैबाट लुकेको छैन् । आफुहरु जस्तो पनि फोटो राख्दा हुने तर अरुले राम्रो काम गरेको फोटो राख्दा पनि हलिखल्ली मचाउने ?

अब म प्रश्न गर्न चाहन्छु

के राजनितिक माग पुरा नहुन्जेल हाम्रो सामाजमा रहेको विभेदहरुबारे मौन बस्ने ? कि सँगसँगै समाजका कुरितिहरु पनि हटाउने प्रयास गर्ने ? के यो आन्दोलन माफर्त वर्षो सम्म अमानविय व्यवहार खपेर बसेकाहरुलाई सम्मान दिनु गलत हो ?