मधेश र देशको समस्या समाधानका लागि चार बुँदे निकास

अधिवत्ता दिपेन्द्र झा

आन्दोलनरत मधेश केन्द्रित दलको मागलाई सम्वोधनका लागि गरिनु पर्ने केही संवैधानिक उपायहरु र विगतका केही सम्झौताहरुसहित चार बुँदे निकास

नयाँ संविधान

संसोधनमा राख्नुपर्ने

सन्दर्भ सामाग्री
अहिले मधेशी मोर्चाले सरकारलाई बुझाएको ११ बुँदे माग नेपाल सरकार र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच २०६४ फागुन १६ गते भएको ८ बुँदे सम्झौता नेपाल सरकार र मधेशी जनअधिकार फोरम, नेपाल बीच भएको २२ बुँदे सम्झौता
१.  समानुपातिक समावेशी   २, ३, ६, ८, १० बुँदामा उल्लेख भएको  ४, ५  बुँदामा उल्लेख भएको   ४, ५, ८, ९ २० बुँदामा उल्लेख भएको
४२. सामाजिक न्यायको हक :

(१) सामाजिक रूपले पछाडि परेका महिला, दलित, आदिवासी, आदिवासी जनजाति, मधेशी, थारू, अल्पसंख्यक, अपांगता भएका व्यक्ति, सीमान्तीकृत, मुस्लिम, पिछडा वर्ग, लैंगिक तथा यौनिक अल्पसंख्यक, युवा, किसान, श्रमिक, उत्पीडित वा पिछडिएको क्षेत्रका नागरिक तथा आर्थिकरूपले विपन्न खस आर्यलाई समावेशी सिद्धान्तका आधारमा राज्यको निकायमा सहभागिताको हक हुनेछ ।

 

 

 

 

 

 

 

 

 

 

 

अन्तरिम संविधान बमोजिम संसोधनमा राख्नुपर्ने
सामाजिक न्यायको हकः आर्थिक, सामाजिक वा शैक्षिक दृष्टिकोणले पछि परेका महिला, दलित, आदिवासी जनजाति, मधेशी समुदाय, थारु, मुस्लिम, उत्पीडित वर्ग, गरीब किसान र मजदुरलाई समानुपातिक समावेशी सिद्धान्तको आधारमा राज्यको संरचनामा सहभागी हुने हक हुनेछ ।

२. समुदायगत समानुपातिक व्यवस्था मौलिक हकअन्तर्गत समुदायगत समानुपातिक समावेशी हुने स्पष्ट व्यवस्थासहितको अलग धाराको व्यवस्था गर्नुपर्ने ।

३. संघ, प्रदेशलगायत राज्यको सम्पूर्णँ अंग, तह, निकाय र सेवा आयोगहरुमा समानुपातिक समावेशी हुने कुराको प्रत्याभूति हुनुपर्ने ।

६. न्यायपालिकालाई संघ राज्यको आधारभूत मान्यताअनुरुप संघीय ढाँचामा रुपान्तरित गर्ने तथा सर्वोच्च अदालत, उच्च अदालत र स्थानीय अदालतको नियुक्ति समावेशी समानुपातिक आधारमा गर्नुपर्ने । साथै उच्च अदालत र स्थानीय अदालतको न्यायाधीशहरुको नियुक्ति प्रादेशिक कानुनबमोजिम हुनुपर्ने ।

८. समावेशी आयोगमा सबैको प्रतिनिधित्व समावेशी आयोगमा सबै समुदायको प्रतिनिधित्व तथा अन्य सबै आयोगहरुको गठन र कार्यक्षेत्र स्पष्ट उल्लेखित हुनुपर्ने । साथै, प्राकृतिक श्रोत तथा वित्तिय आयोगमा सबै प्रदेशहरुको प्रतिनिधित्वको व्यवस्था हुनुपर्ने ।

१०. सेनामा समानुपातिक प्रतिनिधित्व नेपाली सेनालाई राष्ट«िय स्वरुप प्रदान गर्दै लोकतान्त्रिकरण गर्ने तथा सेनालगायत सम्पुर्ण सुरक्षा निकायहरु समानुपातिक समावेशी हुनुपर्ने।

 

४) सरकारले सुरक्षा अङ्ग लगायत राज्यका सबै निकायहरुमा मधेसी, आदिवासी, जनजाति, महिला, दलित, पिछडिएको क्षेत्र र अल्पसंख्यक समुदायको समावेशी समानुपातिक सहभागिता हुने गरी सरकारले नियुक्ति, बढुवा र मनोनयन अनिवार्य रुपले गर्नेछ ।

५) नेपाली सेनालाई राष्ट्रिय स्वरुप प्रदान गर्न र समावेशी बनाउन मधेसी लगायत अन्य समुदायको समानुपातिक समावेशी र समूहगत प्रवेशलाई सुनिश्चित गरिनेछ ।

४) देशमा युगौंदेखि बहीस्करणमा पारिएका मधेशी, आदिवासीजनजाति, दलित, महिला, पिछडावर्ग, अपाँग, अल्पसंख्यक समुदाय, मुसलमान आदि समुदायहरुको राज्यका सम्पूर्ण संरचनाहरुको सबै अँग र तहका साथै शक्ति, साधन र स्रोतमा सन्तुलित समानुपातिक प्रतिनिधित्व र साझेदारी गर्ने ।

५) राज्यको पुनसंरचना सम्बन्धी आयोग तत्काल गठन गर्ने र सो आयोगमा समावेशीय रुपमा विशेषज्ञहरु रहने समेत व्यवस्था गर्ने ।

८) नेपाल सरकारद्वारा गरिने सबै राजनीतिक नियुक्ति, वैदेशिक सेवा र शिक्षा क्षेत्र लगायतका सेवाहरुका साथै आयोगहरुमा समुचित समानुपातिक प्रतिनिधित्व गर्ने ।

९ मुस्लिमहरुको मुख्य चाड पर्वहरुमा सार्वजानिक बिदा दिने, मदरसा वोर्ड लगायत निजहरुको जाति, भाषा, लिँग, धर्म,सँस्कृति र रीति रिवाज सुरक्षित गर्न कानून तर्जुमा गर्ने ।

२०)  मधेशी, आदिवासी, जनजाति, दलित,महिला आदिलाई राज्यको हरेक अँग र तहमा समावेशीकरण गर्न आवश्यक नीति निर्धारण र कानूनको तर्जुमा गर्न उच्चस्तरीय समावेशीकरण कार्यदलको गठन तुरुन्त गर्ने

२.निर्वाचन प्रणाली   ४  बुँदामा उल्लेख भएको   ३  बुँदामा उल्लेख भएको  १७   बुँदामा उल्लेख भएको
८४. प्रतिनिधिसभाको गठन:
(१) प्रतिनिधि सभामा देहाय बमोजिमका दुई सय पचहत्तर सदस्य रहनेछन् : –
(क) नेपाललाई भूगोल र जनसंख्याको आधारमा एक सय पैंसठ्ठी निर्वाचन क्षेत्र कायम गरी प्रत्येक निर्वाचन क्षेत्रबाट एक जना रहने गरी पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीबमोजिम निर्वाचित हुने एक सय पैंसठ्ठी सदस्य
अन्तरिम संविधानको भाषा संसोधनमा राख्नुपर्ने

(क) प्रतिनिधिसभामा समान जनसंख्या र भौगोलिक अनुकूलता तथा विशिष्टताका आधारमा र मधेशमा जनसंख्या प्रतिशतको आधारमा कानूनमा व्यवस्था भएबमोजिम मिश्रित निर्वाचन प्रणालीअनुरुप प्रत्येक निर्वाचन क्षेत्रबाट एकजना रहनेगरी पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीबमोजिम निर्वाचित हुने एक सय पैंसठ्ठी सदस्य

 

४. प्रतिनिधिसभाको निर्वाचन क्षेत्र जनसंख्याका आधारमा निर्धारण तथा मिश्रित निर्वाचन प्रणाली अन्तरिम संविधानको व्यवस्था अनुसार गर्ने र राष्ट्रिय सभामा प्रत्येक प्रदेशबाट अनिवार्य प्रतिनिधित्व हुनेगरी जनसंख्याका आधारमा प्रदेश सभाका सदस्यहरु मतदाता हुने गरी एकल संक्रमणीय निर्वाचन प्रणालीबाट गठन हुनुपर्ने ।

३) संविधान सभा सदस्य निर्वाचन ऐन, २०६४ को दफा ७ को उपदफा (१४) मा रहेको २० प्रतिशतको वर्तमान कानुनी व्यवस्थाको सट्टा ३० प्रतिशत गरिनेछ । १७) संविधानसभाको निर्वाचन निष्पक्ष, शान्तिपूर्ण एवं भयरहित वातावरणमा सम्पन्न गर्न दुवै पक्ष प्रतिवद्ध रहने । संविधानसभाको निष्पक्षताका लागि वर्तमान व्यवस्थापिका संसद लगायतकाले राज्यको साधन, स्रोत र शक्तिको दुरुपयोग गर्न नपाउने गरी रोक्न लगाउन आवश्यक व्यवस्था गर्ने ।
(२) समानुपातिक निर्वाचन प्रणालीबमोजिम हुने प्रतिनिधि सभाको निर्वाचनका लागि राजनीतिक दलले उम्मेदवारी दिंदा जनसंख्याको आधारमा महिला, दलित, आदिवासी जनजाति, खस आर्य, मधेसी, थारू, मुस्लिम, पिछडिएको क्षेत्रसमेतबाट बन्द सूचीका आधारमा प्रतिनिधित्व गराउने व्यवस्था संघीय कानूनबमोजिम हुनेछ । त्यसरी उम्मेदवारी दिंदा भूगोल र प्रादेशिक सन्तुलनलाई समेत ध्यान दिनुपर्नेछ ।  

अन्तरिम संविधान बमोजिम संसोधनमा राख्नुपर्ने
(२) उम्मेदवारहरूको सूचिकृत गर्दा महिला, दलित, थारु, मुस्लीम, उत्पीडित जाति÷आदिवासी जनजाति, पिछडिएको क्षेत्र, मधेशी लगायत अन्य वर्गसमेतको कानूनमा व्यवस्था भएबमोजिम समानुपातिक प्रतिनिधित्व गराउनुपर्नेछ ।

धारा ८६ राष्ट्रियसभाको गठन र सदस्यहरूको पदावधि:
(२) राष्ट्रियसभामा देहायबमोजिमका उनान्साठी सदस्य रहनेछन् :–
(क) प्रदेशसभाका सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख रहेको निर्वाचक मण्डलद्वारा संघीय कानूनबमोजिम प्रदेशसभाका सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको मतको भार फरक हुने गरी प्रत्येक प्रदेशबाट कम्तीमा तीनजना महिला, एकजना दलित र एकजना अपागं भएको व्यक्ति वा अल्पसंख्यकसहित आठजना गरी निर्वाचित छपन्न जना ।
(२) राष्ट्रिय सभामा देहायबमोजिमका उनान्साठी सदस्य रहनेछन् :–

(क) प्रदेशसभाका सदस्यहरु भएको निर्वाचक मण्डल रहने गरी प्रत्येक प्रदेशबाट एकजना अनिवार्य हुने गरी बाँकी जनसंख्याको आधारमा एकल संक्रमणीय निर्वाचन प्रणालीको आधारमा हरेक प्रदेशबाट कम्तीमा तीनजना महिला, एकजना दलित र एकजना अपांगता भएका व्यक्ति वा अल्पसंख्यक सहित गरीे निर्वाचित छपन्न जना

 

धारा २८६. निर्वाचन क्षेत्र निर्धारण आयोग:
(५) निर्वाचन क्षेत्र निर्धारण आयोगले यस धाराबमोजिम निर्वाचन क्षेत्र निर्धारण गर्दा जनसंख्या र भूगोललाई प्रतिनिधित्वको आधार मानी त्यस्तो निर्वाचन क्षेत्रको भूगोल, जनसंख्या र सदस्य संख्या बीचको अनुपात यथासम्भव समान हुनेगरी निर्धारण गर्नेछ ।

(५) निर्वाचन क्षेत्र निर्धारण आयोगले यस धाराबमोजिम निर्वाचन क्षेत्र निर्धारण गर्दा जनसंख्यालाई प्रतिनिधित्वको आधार मानी त्यस्तो निर्वाचन क्षेत्रको भूगोल, जनसंख्या र सदस्य संख्या बीचको अनुपात यथासम्भव समान हुने गरी निर्धारण गर्नेछ ।
३. नागरिकता    ५  बुँदामा उल्लेख भएको    १३  बुँदामा उल्लेख भएको
(६) नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध कायम गरेकी विदेशी महिलाले चाहेमा संघीय कानूनबमोजिम नेपालको अंगीकृत नागरिकता लिन सक्नेछ ।

 

धारा ११(६) मा नेपाली नागरीकसंग वैवाहिक सम्बन्ध कायम गरेकी विदेशी महिलाले विदेशको नागरीकता परित्याग गरेको कारवाही चलाएमा तत्काल नेपालको बैबाहिक अंगिकृत नागरीकता लिन सक्ने छ ५. वैवाहिक नागरिकताको प्राप्ति संघीय कानुनमा नभई संविधानमा नै स्पष्ट हुनुपर्ने र संवैधानिक पदहरुमा मनोनीत वा निर्वाचित अन्तरिम संविधानको व्यवस्थाअनुरुप हुनुपर्ने। १३) नागरिकताबाट अझै वञ्चित रहेका नागरिकहरुलाई नागरिकता प्रमाण पत्र सरल र सुलभ तरिकाबाट वितरण गर्न नागरिकता टोली पुनःगाउँ गाउँमा भठाई नागरिकता समस्या समाधान गर्ने ।
२८९. पदाधिकारीको नागरिकतासम्बन्धी विशेष व्यवस्थाः (१) राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधान न्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रदेश प्रमुख, मुख्यमन्त्री, प्रदेशसभाको सभामुख र सुरक्षा निकायका प्रमुखको पदमा निर्वाचित, मनोनीत वा नियुक्ति हुन वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गरेको हुनुपर्नेछ । अन्तरिम संविधान संसोधनमा राख्नुपर्ने

२८९. पदाधिकारीको नागरिकतासम्बन्धी विशेष व्यवस्था : (१) यस संविधानबमोजिम नियुक्त हुने संवैधानिक पदहरूमा वंशज वा जन्मका नाताले नेपालको नागरिक भएको व्यक्ति वा अङ्गीकृत नागरिकता प्राप्त गरी कम्तीमा दस वर्ष नेपालमा बसोवास गरेको व्यक्ति मात्र नियुक्तिको लागि योग्य मानिनेछ ।

४. सिमांकन   १  बुँदामा उल्लेख भएको  २  बुँदामा उल्लेख भएको  ६, १४ बुँदामा उल्लेख भएको
सरकारको राजनीतिक संयन्त्र प्रस्तावले मधेसी मोर्चाको फेस सेविंग गर्दैन । ११० दिन आन्दोलन गइसकेको अवस्थामा सिमांकनको पुर्नविचार नगरिकन आन्दोलन साम्य हुने देखिदैन । सिमांकन आन्दोलनको बटम लाइन बनेको छ । सिमांकन पुर्नविचार नगरिकन सम्झौता भएको खण्डमा आन्दोलनकारी राजनितिक दलहरुको हातवाट आन्दोलन बाहिर जान सक्ने खतरा हुन्छ । यसकारण आन्दोलन मध्यमार्गी धार बोकेका मधेशी दलहरुको हातवाट बाहिर जान नदिने हो भने सिमांकनको पुर्नविचार आवश्यक छ र यसमा मुख्य राजनितिक दलहरुले पनि सहयोग गर्नु पर्दछ ।
कुनै हिसाबले सिमांकन पुर्नविचार हुन नसकेको खण्डमा एकतर्फीरुपमा संशोधन प्रस्ताव अगाडी बढाउन सकिन्छ र राजनीतिक संयन्त्र पनि एक पक्षीय बनाउनु पर्ने हुन्छ । मधेशी मोर्चाले पनि संशोधन प्रक्रियाको बिरोध गर्ने र फरक तरिकाले ९० दिन सम्म आन्दोलनको कुनै स्वरुपलाई निरन्तरता दिने । आन्दोलनको स्वरुप परिवर्तन गरी आमसभा जस्ता गतिविधिलाई निरन्तरता दिन सक्छ । तर त्यस अवस्थामा पनि राजनीतिक संयन्त्रको संरचना, अवधि र कार्यविधि यसप्रकार बनाइनु उपयुक्त हुन्छ ।
१. संरचनाः काँग्रेस, एमाले, एमाओवादी र मधेसी मोर्चाका सम्पुर्ण दलहरुको अध्यक्षहरु रहने गरी संयन्त्र बनाउने ।
२. पाँचवटा जिल्ला (झापा, मोरंग, सुनसरी, कैलाली, कञ्चनपुर) लाई विवादित जिल्लाको रुपमा मानिनु पर्ने ।
३. अवधिः ९० दिन भित्र सम्पुर्ण कार्य गरि सक्नुपर्ने ।
४. राजनीतिक संयन्त्रको त्इच् मधेसमा दुई प्रदेश हुने गरी राज्य पूर्नसंरचना आयोगको प्रतिवेदनलाई पनि आधार मान्दै छलफल अगाडी बढाउने ।
५. राजनीतिक संयन्त्रको निर्णय सबै दलले अनिवार्य रुपले स्वीकार गर्ने र तत्काल संशोधनको लागि सदनमा पठाउने ।
१)  पहिलो संविधानसभाबाट गठित राज्य पुनसंर्रचना तथा राज्यशक्ति बाँडफाँड समिति, राज्य पुनसंर्रचना उच्चस्तरीय सुझाब आयोगको प्रतिवेदन, मधेसी आदिवासी जनजातिलगायत उत्पीडित समुदायसँग भएका सम्झौता र अन्तरिम संविधान ०६३ धारा १३८ को खण्ड १ को ‘क’अनुसार तराई मधेसमा अधिकारसम्पन्न दुई स्वायत्त प्रदेश निर्माण हुनुपर्ने । २) मधेशी जनताको स्वायत्त मधेश प्रदेशको चाहना लगायत अन्य क्षेत्रका जनताको स्वायत्त प्रदेश सहितको संघीय संरचनाको आकांक्षालाई स्वीकार गरी नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हुनेछ । संघीय संरचनामा केन्द्र र प्रदेशका बीच स्पष्ट रुपमा शक्तिको बाँडफाँड सूचीको आधारमा गरिनेछ । प्रदेशहरु पूर्णरुपले स्वायत्त र अधिकार सम्पन्न हुनेछन् । नेपालको सार्वभौमिकता, एकता र अखण्डतालाई अक्षुण राख्दै स्वायत्त प्रदेशहरुको संरचना, केन्द्र र प्रदेशका सूचीहरुको पूर्ण वितरण र अधिकारको बाँडफाँड संविधानसभाबाट निर्धारण गरिनेछ । ६) राज्यको पुनसंरचना गर्दा नेपालको सर्वभौमसत्ता, राष्टिय एकता र अखण्डतालाई अक्षुण्ण राख्दै स्वायत्ततायुक्त प्रदेशहरु सहीतको संघीय शासन प्रणलीको व्यवस्था गरिने छ । उक्त स्वायत्तताको अधिकार,प्रकृति र सीमा संविधान सभाले निर्धारण गरे बमोजिम हुनेछ ।

१४) मधेश तथा विकट क्षेत्रलाई राज्यबाट प्राप्त राजश्व र आम्दनीको बाँडफाँडमा सन्तुलित एवं न्यायोचित वितरण नीति अपनाउने ।

नोटः राजनीतिक संयन्त्रले आन्दोलनको सहज निकास दिने संभावना कम छ । अन्य शक्तिले मधेशको आन्दोलन आफनो हातमा लिई सम्झौत गर्ने पक्षलाई  आन्दोलनलाई धोका दिएको आरोप लगाउन सक्ने अवस्था आउँछ। यसकारण आन्दोलनको सहज अवतरण र विन विन निकास भनेको थोरै भएपनि सिमांकनको पुर्नविचार वा परिवर्तन नै भएको कुरा सवै पक्षले समयमा बुझन आवश्यक छ ।